बिक्री नभएको १० हजार ५०० कित्ता संस्थापक सेर फेरी बिक्री गर्दै सांग्रिला डेभलपमेन्ट बैंक, कस्ले दिन पाउछन् आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बिक्री गभएको संस्थापक सेयर फेरी बिक्री गर्ने भएको छ । बैंकले उक्त बिक्री नभएको १० हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय, बालुवाटार, काठमाडौंमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया