काठमाडौं - सञ्चालनका रहेका १६ विकास बैंकहरुको चुक्ता पूँजी वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा १८.११ प्रतिशतले वृद्धि भएको हो ।
सार्वजनिक भएको दोस्रो त्रैमासससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार विकास बैंकहरुको चुक्ता पूँजी ३६ अर्ब ४१ करोड २६ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा बैंकहरुको चुक्ता पूँजी ३० अर्ब ८२ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा आठ बैंकको चुक्तान पूँजी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । सबैभन्दा धेरै चुक्ता पूँजी रहेको मुक्तिनाथ विकास बैंकको ५ अर्ब ६५ करोड ७१ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
गत आवको यसै अवधिमा ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेकोमा १७.५८ प्रतिशत बोनस वितरण गरेर बैंकले पूँजी बढाएको हो ।
समीक्षा अवधिमा सबैभन्दा कम पूँजी रहकै नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशतले पूँजी बढाएको छ । बैंकले शतप्रतिशत हकप्रद जारी गरेर पूँजी बढाएको हो ।
प्रतिक्रिया