चुक्तापुँजी ७० करोड ६९ लाख रहेको ङादी ग्रुप पावरको रिटेन्ड अर्निङ ४ करोड ४७ लाख, कति कमायो नाफा ?

३ बर्ष अगाडि

काठमाडौं - ङादी ग्रुप पावर लिमिटेडले ६ महिनामा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा २९.५२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी २८.६२ प्रतिशतले बढेको छ । गत वर्ष विद्युत बिक्रीबाट ५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 

यस्तै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०.५८ रुपैयाँ, पीई रेसियो ७२.२८ गुणा र प्रतिसेयर नेटवर्थ १०६.३३ रुपैयाँ रहेको छ । चुक्तापुँजी ७० करोड ६९ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ४७ लाख रुपैयाँ रहेको छ । 

गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ४ करोड २४ लाख रुपैयाँ रहेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया