सीता दाहाल आईसीयूमा,  डाक्टरले भने यस्तो

७ बर्ष अगाडि

काठमाडौं– नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई हाइ अलर्ट केयरमा राखेर उपचार भइरहेको छ । उनको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको हो । 

उपचारमा संलग्न डाक्टर युवराज शर्माले दाहालको स्वास्थ्यमा हिजोको तुलनामा आज सुधारउन्मुख देखिएको जानकारी दिए । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । 

‘उहाँमा पहिलेदेखि नै डायबिटीज र प्रेसरको समस्या थियो । हामीले हाइ अलर्ट केयरमा राखेर उपचार गरिरहेका छौं’, डा शर्माले भने, ‘उहाँको स्वास्थ्यमा हिजोभन्दा आज सुधार देखिएको छ ।’

अस्पताल स्रोतका अनुसार सन्तान वियोगको पिडामा रहेकी दाहालमा कमजोरीपन पनि रहेकाले पछिल्लो बिरामीले थप स्वास्थ्यमा असर पर्न नदिन हाइ अलर्ट केयरमा राखेर उपचार गरिएको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया