प्रुडेन्सियल इन्स्योरेन्सले ४० लाख ८४ हजार लाभांश दिने

४ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया