काठमाडौं - आज मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसुचक करिब २६ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन सोमबार १५.७१ अंक बढेर २८५१.८८ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा २५.७० अंक बढेर २८७७.५८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.२० अंक बढेको छ ।
मंगलबार प्रि ओपन सेसनमा ७१ कम्पनीको २ करोड ७ लाख ९४ हजार ८६९.८ रुपैयाँ बराबरको ४१ हजार ४२९ कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया