युनाइटेड इदी मर्दीको नाफामा उछाल, ईपीएस २२.७३ रुपैयाँ

३ बर्ष अगाडि

काठमाडौं - युनाइटेड इदी मर्दी एन्ड आरबी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ४ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको यही अवधिको तुलनामा १५७०.२८ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीले २८ लाख ५७ हजार रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानीमा पनि ४७.५५ प्रतिशतले बढेर ११ करोड ८ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ५१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो । 

चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ४ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म रिजर्भ ४ करोड २३ लाख रुपैयाँले ऋणात्मक थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँ, पीई रेसियो २६.८४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया