माउन्टेन इनर्जीले ६ महिनामा कमायो ७८८.७२ प्रतिशत नाफा, रिटेन्ड अर्निङ ८३ करोड १५ लाखको उचाइमा

३ बर्ष अगाडि

काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

सार्वजनिक विवरण अनुसार गत वर्षको यही अवधिको तुलनामा ७८८.७२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ७९ लाख रुपैयाँमात्रै नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म कम्पनीको विद्युत बिक्रीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएर ६८ करोड २१ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८ करोड २१ लाख रुपैयाँमात्रै आम्दानी गरेको थियो । 

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड १५ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष यही अवधिसम्म रिटेन्ड अर्निङ ३४ करोड २३ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले रिटेन्ड अर्निङमा १४२.८६ प्रतिशतको बढोत्तरी भएको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २१.६६ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा ईपीएस २।८५ रुपैयाँमा सीमित थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया