काठमाडौं - सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा पदपूर्तिका लागि दरखास्त खुला गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज एक सूचना जारी गर्दै संस्थाको महाप्रबन्धकमा दरखास्त आह्वान गरेको हो ।
उक्त पदपूर्तिका लागि कम्तीमा १० वर्षको कार्यानुभव भएको नेपाली नागरिक हुनुपर्ने छ । इच्छुक उम्मेदवारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७६ को दफा ३, उपदफा २ (ग) बमोजिम शैक्षिक योग्यता हासिल गरेको पनि हुनुपर्नेछ ।
उम्मेदवारको हकमा ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै उम्मेदवारले आफूले पेस गरेको व्यावसायिउक कार्ययोजना प्रस्तुतीकरणसमेत गर्नुपर्नेछ ।
प्रतिक्रिया