काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ ।फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी ९बुकक्लोज० गरेको थियो । यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया