काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४० करोड १६ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.०९ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३६ करोड ८१ लाख ७२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १०९.३९ प्रतिशतले बढेर ८० करोड ३० लाख १४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३८ करोड ३४ लाख ९३ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ४४३.२२ प्रतिशतले बढेर ४१ करोड ५३ लाख ७९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ७ करोड ६४ लाख ६६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १३२ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ ३८३ रुपैयाँ ७ पैसा रहेको छ । संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा एक अर्ब ७२ करोड २१ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया