बाँके – नेपालगंज उपमहानगरपालिका–३ त्रिभुवन चोकस्थित सनफ्लावर ब्युटी पार्लरमा बिजुली सर्ट भई आगलागी भएको छ । आइतबार बिहान आगलागी हुँदा पसलमा रहेको बिभिन्न सामान जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया