काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिकसम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कोष ८९.२८ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशसम्ममा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ६१ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा जम्मा एक अर्ब ९० करोड रुपैयाँ थियो ।
कम्पनीले ६ महिनामा १८ करोड ५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १७ करोड ७९ लाख रुपैयाँ थियो । खुद बीमा शुल्क आर्जनमा भने राम्रो सुधार भएको छ । समिक्षा अवधिमा ४६ प्रतिशतले बढाउदै एक अर्ब ९२ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन भने २ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा दाबी भुक्तानी पनि ३० प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिसम्ममा ४० करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताको कमिशन पनि ६४ प्रतिशतले बढेको छ । अभिकर्ताले २८ करोड ९३ लाख रुपैयाँ कमिशन बुझेका छन् ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १७८ रुपैयाँ रहेको छ । जगेडा कोषमा ३६ करोड १३ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी २५ रुपैयाँ छ ।
सानिमा जनरल इन्स्योरेन्स
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ५ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा ९५.६४ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीको बीमा कोषमा १२ करोड १८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७ करोड १४ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको हो ।
१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ३१ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकारम बृद्धि भएको छ ।
यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन रकम बढेको छ । गत आर्थिक वर्षमा ८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७३.२७ प्रतिशतले बढी हो ।
समिक्षा अवधिमा कम्पनील ३ करोड ५५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३.४१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ५४.४१ गुणा रहेको छ ।
प्रतिक्रिया