काठमाडौं - बैक तथा वित्तिय परिसंघ नेपाल (सिबिफिन) ले हालै जारी गरेको 'तरलता संकटका कारणहरु र समाधानका उपायहरु, २०७८' ले बैंक तथा वित्तिय संस्थाहरुको पूँजी बृद्धिलाई पनि तरलता संकटको कारणको रुपमा औँल्याइएको छ ।
४ गुणाले चुक्ता पुँजी वृद्धि भएकाले बैंकहरुसँग स्वपुँजी धेरै हुन गएको सिबिफिनले बताएको छ । जसका कारण अत्याधिक कर्जा बिस्तार गर्दा पनि पुँजी प्रर्याप्तता अनुपात कायम गर्नलाई बैंकहरुलाई कुनै दबाब नभएको उल्लेख गरिएको छ ।
आ.व. ०६९/७० यता हरेक वर्ष निक्षेप भन्दा कर्जाको वृद्धि दर बढी छ । आ.व. ०७६/७७ मा मात्र घटेको देखिन्छ । उक्त समयमा कोभिड १९ लाई नियन्त्रण गर्नका लागि देश लकडाउनमा गएको थियो । जसकारण व्यवसायिक क्रियाकलाप लगभग ठप्प थियो ।
त्यसैले, कर्जा प्रवाहमा पनि कमी आएको देखिन्छ । चालु आ. व. ०७८/७९ को पहिलो ४ महिनामा पनि निक्षेप मात्र ६४ अर्ब रुपैयाँले बढदा कर्जा भने ३ खर्ब ८५ अर्ब रुपैयाँले बढेको देखिन्छ ।
प्रतिक्रिया