काठमाडौं - बीमा कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० हरूको तलब भत्ता तथा सेवा सुविधाहरू नघट्ने भएको छ । बीमा समितिले बीमाको कार्यकारी प्रमुखको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
बीमा कम्पनीका सिइओले निश्चत वार्षिक तलब तथा भत्ताहरू, कार्यसम्पादनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरू र अन्य सुविधाहरू प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको सिइओले विगत तीन आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म तलब भत्ता पाउने छन् ।
यस्तै जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको हकमा बीमकको विगतको तीन वर्षको आर्थिक वर्षहरूको अन्यको औसत कुल सम्पत्तिको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म सिइओले तलब भत्ता तथा सुविधा पाउने मापदण्ड रहेको छ ।
उक्त मापदण्डहरूको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ सोही अनुरूपको निश्चित तलब भत्ता प्रदान गरिने मार्गदर्शनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया