वाम सरकार बनेपछि चीनबाट आयो हालसम्मकै ठूलो लगानी

७ बर्ष अगाडि

काठमाडौं । नेपालमा पहिलो पटक चीनबाट जलविद्युत् परियोजनामा हालसम्मकै ठूलो लगानी भित्रिने भएको छ ।
उद्यमी कृष्ण आचार्य प्रवद्र्धक रहेको पिपल्स इनर्जी लिमिटेडले चीनबाट उक्त परिमाणको लगानी भित्र्याउन लागेको हो ।
आयोजनाकाअनुसार रु नौ अर्ब लगानी चीनबाट भित्र्याउने तयारी गरिएको छ । लगानी सम्बन्धी द्विपक्षीय सम्झौतामा आज हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
इन्जिनियरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा आयोजना अगाडि बढाउन लागिएको हो ।
कूल  ४८.८ मेगावाटको खिम्ती २ आयोजना निर्माणका लागि उक्त परिमाणको रकम भित्रन लागेको हो ।
चीनको चोरिङ वाटर एन्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड र चाइना एन्ड पिपल्स इनर्जी लिमिटेडले संयुक्त रुपमा ईपीसीएफ खाकामा खिम्ती २ आयोजना निर्माण गर्न लागेको हो ।
 लगानी सम्बन्धी द्विपक्षीय सम्झौतामा आइतबार हस्ताक्षर हुने भएको छ । हस्ताक्षर कार्यक्रम इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा राखिएको आचार्यले जानकारी दिए ।
आयोजना निर्माणका लागि आज  प्रवद्र्धक पिपल्स इनर्जी लिमिटेड र चोरिङ र चाइना एन्ड पिपल्सबीच ८ करोड ८० लाख अमेरिकी डलरमा (रु ९ अर्ब रुपैयाँ) ठेक्का सम्झौता हुन लागेको हो ।
इपीसीएफ सम्झौताअनुसार प्रवद्र्धक पिपल्स इनर्जीले आयोजना निर्माणका लागि ठेकेदारलाई परिचालन पेश्कीवापत कुल ठेक्का रकमको १० प्रतिशत दिनेछ । त्यसपछि आयोजना सम्पन्न भएको ७ सय दिनभित्र सबै रकम चुक्ता गर्ने छ ।
आयोजनाको कुल लागत रु  १० अर्ब ५० करोड रहेको छ ।
दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् । यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने छ ।
आयोजनाबाट ०७८ असारसम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया