नेपाल धितापत्र बोर्डको कार्याकारी अध्यक्षका लागि ५ जना पहिलो चरणमा छनोट भएका छन् । अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जना छनोट गरेको हो ।
सोमबार बसेको सिफारिस समितिको बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट ५ को छनोट गरेको हो । छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेको स्रोतले बताएको छ । छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
उक्त पदका लागि उल्लेखित ५ जनासहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
मन्त्रीस्तरीय निर्णयबाट बोर्ड अध्यक्ष नियुक्तको लागि सिफारीस समिति गठन भएको थियो । सो समतिले बोर्ड अध्यक्षको लागि आवेदन पनि मागेको थियो । आवेदन दिने समय सकिएपछि समिति गठन प्रक्रिया नै कानुनसंगत नभएको भनेपछि मन्त्री परिषदवाट निर्णय गराई समितिलाइ कानुनी मान्यता दिइ पुन आवेदन खुला गरेको थियो ।
दोस्रो चरणको आवेदन माग गर्दा १५ जनाको आवेदन परेको हो । अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो ।
प्रतिक्रिया