निफ्रामा झुम्मिए लगानीकर्ता, कम्पनीको शेयरमूल्य ८.४२ प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजारमा आज झिनो अंकले बृद्धि हुन पुगेको 
हो ।

आज नेप्से परिसूचक १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने घट्न पुगेको छ । यस्तै नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक निफ्राको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ४९ करोड ३४ लाख ४९ हजार ८३९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ८.४२ प्रतिशतले बढेसँगै सर्वाधिक कारोबार हुन पुगेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया