फोर्डद्धारा नेपालका गाडीहरुमा पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा

३ बर्ष अगाडि

काठमाडौं - नेपालमाफोर्ड गाडीको आधिकारिक आयातकर्ता तथावितरक जि.ओ. अटो मोबाइल्स प्रा. लि. ले फोर्ड इन्डियाले नेपालमा फोर्ड गाडीहरुमा सेवा, पार्टपुर्जा र वारेन्टीका लागि निरन्तर सहयोग गर्ने घोषणा गरेको छ । 

अमेरिकी कार निर्माता कम्पनी फोर्डले सेप्टेम्बर २०२१ देखि भारतमा आफ्नो उत्पादन प्रक्रिया बन्द गरेपछि यो निर्णय आएको हो । फोर्डले CommittedToServe नामक नयाँ अभियान शुरु गरेको छ ।  जसले उपभोक्ताहरुलाई पार्टपुर्जा, मर्मत सम्भार, सर्भिसिङ्ग र वारेन्टीको सहयोग प्रदान गर्ने कम्पनीले जनाएको छ । 

“पारिवारिक अनुभूृृृतिको प्रतिबद्धता जस्तै फोर्डको सेवाको बारेमा कमिटेड टु सर्भ अभियान अघि बढाइएको हो । जस अनुरुप सदाझैं फोर्ड तपाईंहरुको साथमा छ, भन्ने विश्वश पार्ने बारेमा हो । यो प्रतिबद्धता नेपालमाजि.ओ. फोर्डमा रहेका सक्षम र व्यावसायिक टोली मार्फत तपाईंहरुलाई दिइ रहनेछ ।” फोर्ड इन्डियाका मार्केटिङ, सेल्स र सर्भिसका कार्यकारी निर्देशक विनय रैनाले भने ।  

भारतको अग्रणी अटो पत्रिका अटोकारको एन्नु अल भेहिकल मेन्टेनेन्स सर्भेमाफोर्डको सेवा प्रतिको प्रतिबद्धता स्थिर रहेको बारम्बार प्रमाणित भएको छ । साथै यो ब्रान्ड सो अवार्ड जित्ने सबै भन्दा किफायती ब्रान्डहरु मध्ये एक बनेको छ । यस सर्वेक्षण अनुसार फोर्डको सर्भिस र पार्टपुर्जाहरु सबै भन्दा किफायती छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया