युनियन लाइफको नयाँ जीवन आवरण बीमा योजना : न्यनतम १ लाखदेखि बीमा गर्न सक्ने

४ बर्ष अगाडि

काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । 

कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरूको लागि विविध सुविधाहरू उपलब्ध रहेका छन् । बीमा गर्ने व्यक्ति बीमा अवधि सम्म जीवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र काल गतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । 

यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुनेछ । उक्त योजना लिन चाहनेहरूले न्यनतम १ लाख रुपैयाँ देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । साथै न्यूनतम ७ वर्ष देखि अधिकतम २५ वर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । 

यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुनेछ । उक्त बीमा योजना लिएका बिमितहरूले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरूले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया