महालक्ष्मी लाइफद्धारा १० लाख २० हजार मृत्यु बीमा दावी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले १० लाख २० हजार दावी भुक्तानी गरेको हो । 

झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्युपछि उनका परिवारलाई उक्त रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ । बीमित योङहाङ्गले गत असारमा ५ लाखको बिमा गरेका थिए । उनले पाँच लाखको बिमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । 

 योङहाङ्गको बिमा गरेको तीन महिना पछि गत असोजमा कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृतक बीमितकी श्रीमती अमृता योङहाङ्गलाई मृत्यु बीमा दाबी वापतको रकम हस्तान्तरण गरिएको हो  ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया