काठमाडौं - कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) सफलतापूर्वक छापिएको छ ।
आइतबार यसको सफल परिक्षण गरिएको हो । विदेशस्थित नेपाली नियोगबाट उत्पादन भएको यो पहिलो ई–पासपोर्ट भएको राहदानी विभागले जनाएको छ ।
सफल परिक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ ।
प्रतिक्रिया