कारोबार खुलेको सवा २ घण्टाको अवधिमा निफ्राको शेयरमा सर्वाधिक माग, कति ?

४ बर्ष अगाडि

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार कारोबार खुलेको सवा २ घण्टाको अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयरमा सर्वाधिक माग रहेको छ ।

उक्त अवधिसम्ममा उक्त कम्पनीको ९ लाख ७८ हजार ३५८ कित्ता शेयर खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता  ३९९.५० मा कारोबार भइरहेको छ । 

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५.१३ प्रतिशतले वृद्धि भएको हो । शेयरमूल्यमा वृद्धि भएसँगै कम्पनीको सर्वाधिक २० करोड २० लाख बराबरको शेयर खरीदविक्री भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया