काठमाडौं - सिटिजन लाइफले १० लाख बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बिमित सरिना लामालाई प्राण घातक रोग विरुद्ध १० लाख दावी भुक्तानी गरेको हो ।
सिन्धुपाल्चोक दुली धादिङ स्थायी घर भई हाल ललितपुर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् ।
हाल उनलाई मृगौलाको समस्या भएको छ । सोही अनुरूप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।
प्रतिक्रिया