यसकारण डलर सटहीमा कडाइ

७ बर्ष अगाडि

 काठमाडौं - अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई डलर सटहीमा कटौती गरेको छ। चालू आर्थिक वर्षको पाँच महिनामै विदेश जाने नेपालीले ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधामा कटौती गरेको हो। यही अवधिमा विदेशीले ३१ अर्ब ८८ करोड रुपैयाँ बराबरको डलर नेपाल भिœयाएका छन्।

नेपाल राष्ट्र बैंकले शिक्षा, आप्रवासन, स्वास्थ्यलगायतका प्रयोजनका लागि अमेरिकी डलर पाँच हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार निर्देशन दिँदै यस्तो व्यवस्था गरेको हो। ‘यस्तो प्यान नम्बर उपरोक्त सम्बन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघरका सदस्यमध्ये आमा वा बुबा कुनै एकको भए पनि सटही सुविधा प्रदान हुनेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ। नागरिक दैनिकमा खबर छापिएकाे छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया