फेब्रुअरीको पहिलो सातबाट उकालो लाग्यो क्रिप्टोकरेन्सीको मूल्य, कति ?

४ बर्ष अगाडि

काठमाडौं - सन् २०२१ को नोभेम्बर महिनाबाट घटेको क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य २०२२ को फेब्रुअरीको पहिलो सातबाटै उकालो लागेको छ ।

सन् २०२२ को जनवरी २४ मा पछिल्लो समयकै न्यून ३२ हजार ९५० डलर प्रति कोइन पुगेको बिटकोइनको मूल्य फेब्रुअरी ६ मा आउँदा ४१ हजार ५७५ पुगेको हो । यो वृद्धि गत महिनाको तुलनामा २७ प्रतिशतले धेरै हो ।

त्यसैगरी इथेरियम अन्तर्गतको इथरको मूल्यमा पनि क्रमिक रुपमा सुधार आएको छ । सन् २०२२ को जनवरी २१ देखि घटेको इथरको मूल्य फेब्रुअरीको सुरुवातबाट नै बढ्दै आइरहेको छ । जनवरीमा २ हजार ६०४ भएको इथरको मूल्य फेब्रुअरीमा बढेर ३ हजार ८ डलर पुगेको छ ।

विश्वकै ठूलो इन्फोटेक कम्पनी फेसबुकको माउ कम्पनी मेटाको सेयर घट्दा क्रिप्टोको मूल्य भने बढ्न पुगेको छ । यसले लगानीकर्ताहरु क्रिप्टोकारोबारमा आकर्षित हुँदै गएको पुष्टि गरेको विश्लेषकहरुको भनाई छ ।

के हो क्रिप्टोकरेन्सी ?
क्रिप्टोकरेन्सी एक भर्चुअल मुद्रा हो । अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा नै क्रिप्टो करेन्सी हो । यसको भौतिक स्वरूप भने देख्न सकिँदैन । 

क्रिप्टो र करेन्सी दुई अक्षर मिलेर बनेको यो शब्दमा क्रिप्टो भनेको सेक्रट र करेन्सी भनेको रुपैयाँ हो । हाल क्रिप्टोकरेन्सीको बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायतका सैयौँ क्रिप्टोकरेन्सीहरू प्रचलनमा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया