काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २७ प्रतिशतले बढेर ६ करोड ५२ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ५ करोड १३ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले १ अर्ब १२ करोड रुपैयाँ सापटी लिई १ अर्ब ९३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ९९ करोड ९३ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
चुक्तापुँजी १३ करोड ६३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ५८.५६ प्रतिशतले बढेर १६ करोड ८० रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष रिजर्भमा १० करोड ६३ रुपैयाँ रहेको थियो ।
यस्तै समिक्षा अवधिमा संस्थाले ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिको तुलनामा १६.७९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाको खुद नाफा २ करोड ९६ लाख रुपैयाँमा सीमित थियो ।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ४ प्रतिशतले वृद्धि भएर ४ करोड २७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो मुनाफा ४ करोड ११ लाख रुपैयाँ थियो ।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५०.८४ रुपैयाँ, पीई रेसियो ३३.६६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २२३.२९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया