काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा चुक्तापुँजी ५८ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ४७ करोड १ लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष रिभर्जमा २ करोड ४ लाख रुपैयाँमात्र थियो ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विद्युत बिक्रीबाट कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो हिसाबले कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ५७.६७ प्रतिशतले बढेको छ ।
साथै समिक्ष आवधिमा कम्पनीले ४६ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २३२४.३५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६०.४८ रुपैयाँ, पीई रेसियो ५।२२ गुणा र प्रतिसेयर नेटवर्थ १८०.२९ रुपैयाँ रहेको छ । कम्पनीको लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि ६० करोड ८ लाख रुपैयाँ रहेको छ।
प्रतिक्रिया