प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनु पर्ने

४ बर्ष अगाडि

काठमाडौं - प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।  कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । 

शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिन अनुरोध गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया