काठमाडौं - नेपाल राष्ट्र बैंकले १४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले उक्त ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको छ ।
केन्द्रीय बैंकले माघ २५ गतेबाट जारी गर्न लागेको २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो फागुन २४ गते परिपक्व हुनेछ ।
त्यस्तै केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो २०७९ वैशाख २७ गते परिपक्व हुनेछ ।
यसैगरी राष्ट्र बैंकले ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल भने २०७९ माघ २४ गते परिपक्व हुनेछन् ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।
प्रतिक्रिया