जनरल इन्स्योरेन्सको बीमा शुल्क १२.९७ प्रतिशत बढ्यो, जगेडा कोषमा १३ करोड ३ लाख संचिती

४ बर्ष अगाडि

काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १२.९७ प्रतिशतले बढेकोे हो । यस अवधिमा कम्पनीको खुद नाफा ५ करोड ६८ लाख रुपैयाँ रहेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ५६ प्रतिशतले बढी हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ११७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ३८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा रहेको छ । पिइ अनुपात ५९.१५ गुणा रहेको छ ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६ करोड ६२ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया