महालक्ष्मी लाइफद्धारा ६ महिनामा ६७ करोड ९१ लाख बीमा शुल्क आर्जन, ७ करोड दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६७ करोड ९१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण यस्तो देखाएको हो । 

गत वर्ष यही अवधिसम्म कम्पनीले ४७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ४३.३६ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ६ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्ममा यस्तो आय ४ करोड २७ लाख रुपैयाँमा सीमित थियो । 

यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी ७१०.८१ प्रतिशतले बढेर ७ करोड ३७ रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले ९० लाख ९३ हजार दाबी भुक्तानी गरेको थियो । 

दोस्रो त्रैमाससम्म कम्पनीले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१७ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनी व्यवस्थापन खर्च ३.३८ प्रतिशतले बढेको छ । गत वर्ष यही अधिवसम्म कम्पनीको व्यवस्थापन खर्च ८ करोड ९३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ९ करोड २३ लाख रुपैयाँ पुगेको छ । 

हालसम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ३३ हजार ४६८ रहेको छ । गत वर्ष यही अवधिसम्म यो संख्या १९ हजार ३६८ रहेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया