रोनाल्डोलाई इन्स्टाग्राममा फलो गर्नेको संख्या ४०० मिलियन पुग्यो

३ बर्ष अगाडि

एजेन्सी - पोर्चुगलका कप्तान तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा फलो गर्नेको संख्या ४०० मिलियन पुगेको छ । उनी सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको विश्वका पहिलो खेलाडीमा पर्छन् । 

साथै उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि ओर जितिसकेका छन् । 

उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्वाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्वाधिक गोल गरेको किर्तिमान पनि उनकै नाममा छ ।

उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् । 

उनीले राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया