काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २३ करोड ५१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २७.४२ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १८ करोड ४५ लाख २६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २०.६६ प्रतिशतले बढेर ७६ करोड ६२ लाख ४७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ६३ करोड ५० लाख ३० हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ०.३१ प्रतिशतले बढेर २९ करोड ३८ लाख ११ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २९ करोड २९ लाख १ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ९ ईपीएस० ४१ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ४४ पैसा छ । संस्थाको चुक्ता पुँजी एक अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया