एजेन्सी - आइतबार राति फ्रेन्च लिग वानमा साविक विजेता लिलमाथि पीएसजी ले ५–१ को सानदार जित निकालेको छ ।
भ्रमणकारी पीएसजीले ड्यानिलो पेरेइराको गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो । २८औँ मिनेटमा लिलका स्भेन बोटम्यानले बराबरी गोल फर्काए । ३२औँ मिनेटमा मेसीको पासमा प्रेसनेल किमपेम्बेले गरेको गोलबाट पीएसजीले पुनः अग्रता लियो । ३८औँ मिनेटमा मेसी आफैँले गोल गरे ।
३४ वर्षीय मेसीको फ्रेन्च लिग वानमा यो दोस्रो गोल हो । बार्सिलोनाका पूर्वस्ट्राइकर मेसीले लिगमा १३ खेल खेलिसकेका छन् । यसअघि उनले नोभेम्बरमा नान्टेसविरुद्ध गोल गरेका थिए । उनले पीएसजीबाट च्याम्पियन्स लिगका पाँच खेलमा पाँच गोल गरेका छन् ।
५१औँ मिनेटमा पेरेइराले अर्को गोल थपे । ६७औँ मिनेटमा काइलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले सहज जित निकालेको हो ।
जितसँगै पीएसजीले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता लिएको छ । पीएसजीले २३ खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानमा ४३ अंकसहित रहेको छ । पराजित लिल भने ३२ अंकका साथ ११औँ स्थानमा रहेको छ ।
प्रतिक्रिया