६ महिनासम्म आइपुग्दा आरएमडिसी लघुवित्तको नाफा ४६.८४ प्रतिशत बढ्यो, ईपीएस कति ?

४ बर्ष अगाडि

काठमाडौं - आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिनासम्म आइपुग्दा १६ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४६.८४ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ११ करोड ४७ लाख ४७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी पनि ३७.८८ प्रतिशतले बढेर २७ करोड ७४ लाख २२ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी २० करोड १२ लाख ४ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा पनि ४३.४८ प्रतिशतले बढेर २३ करोड ४९ लाख ५५ हजार रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १६ करोड ३७ लाख ४४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २७ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ २५३ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ र जगेडा कोषमा ९८ करोड ९२ लाख ७० हजार रुपैयाँ सञ्चित रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया