काठमाडौं - आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचकसँगसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा पुगेको छ । नेप्से १.४१ प्रतिशतले घटेको हो ।
यता सेन्सेटिभ परिसूचक पनि ७.७३ अंकले घटेर ५३१.९२ विन्दुमा पुगेको छ । कूल २२८ वटा कम्पनीको एक करोड ६ लाख ५१ हजार ७ सय ५४ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार सबै वटा उपसमूहको सेयर घटेको छ । आइतबार सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह घटेको छ ।
आइतबार पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २ सय ८३ रूपैयाँ बराबरको कारोबार भएको हो । आइतबार नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ ।
कम्पनीको सेयरमूल्य ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ७५ रूपैयाँ पुगेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ७ सय ६३ रूपैयाँ ३० पैसामा झरेको छ । लगातार सकारात्मक सर्किट लाग्दै आएको संस्थाको सेयरमूल्यमा आज भने नकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया