मञ्जुश्री फाइनान्सद्धारा चाबहिल र गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु

४ बर्ष अगाडि

काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिल तथा टोखाको गोंगबुमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । 

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यो फाइनान्सले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, इनरुवा, झुम्का बजार र विराटचोकमा शाखा विस्तार गरिसेको छ । 

थप २ शाखासहित शाखा सँगै फाइनान्स कुल शाखाको संख्या २३ पुगेको छ । फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया