काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एलआईसी नेपालको शेयरमूल्य समायोजन गरेको छ ।
लाभांश तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २४ गते बुधबार बुक क्लोज तोकेको छ । त्यस अनुसार हिजोसम्म कायम शेयरधनीले मात्रै एलआईसी नेपालको लाभांश पाउनेछन् ।
नेप्सेले आइतबारको कारोबार बन्द भएपछि कायम शेयरमूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो । २० प्रतिशत बोनस शेयर पश्चात कम्पनीको शेयरमूल्य १ हजार ९४३ रुपैयाँ २२ पैसा कायम भएको छ ।
आइतबार कम्पनीको शेयर प्रतिकित्ता २ हजार ३३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यस अनुसार नेप्सेले कम्पनीको शेयरमूल्य समायोज गरेको हो ।
प्रतिक्रिया