ज्योति लाइफ र जानकी फाइनान्स सेयर मूल्य नेप्सेमा समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ज्योति लाइफ र जानकी फाइनान्सको शेयरमूल्य समायोजन गरेको छ ।

लाभांश तथा साधारण सभा प्रयोजनको लागि दुई वटै कम्पनीले माघ २४ गते बुधबार बुक क्लोज तोकेको छ । त्यस अनुसार हिजोसम्म कायम शेयरधनीले मात्रै दुई वटै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

नेप्सेले आइतबारको कारोबार बन्द भएपछि कायम शेयरमूल्यको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

ज्योति लाइफ 
ज्योति लाइफको १० प्रतिशत बोनस शेयर पश्चात प्रतिकित्ता ६५० रुपैयाँ मूल्य कायम भएको छ । आइतबार कम्पनीको शेयर ७१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

जानकी फाइनान्स
जानकी फाइनान्सको  पनि १५ प्रतिशत बोनस शेयर पश्चात ५८८ रुपैयाँ ७८ पैसा कायम भएको छ । फाइनान्सको अन्तिम शेयर कारोबार ६७७ रुपैयाँ १० पैसामा भएको थियो । त्यस अनुसार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया