कतारले माग्यो नेपाली पुरुष महिला कामदार, मासिक तलब तथा सेवासुविधा कस्तो ?

३ बर्ष अगाडि

कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा सहरमा रहेको shakespeare and co. कम्पनीले १२ जना नेपाली पुरुष र २ जना महिला गरि जम्मा १४ जना कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ४२ हजार माथिदेखि ५८ हजार बढि पाउनेछ । इच्छुक कामदारले हावटोर इन्टरनेशनल प्रालिको कार्यालय बसुनधारा काठमाडौंमा फागुन १ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया