जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा १७ लाख ३३ हजार बढि आवेदन, कहिलेसम्म दिन सकिन्छ ?

४ बर्ष अगाडि

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा १७ लाख ३३ हजार बढि आवेदन परेको छ ।  

शुक्रबारबाट निष्कासन गरेको उक्त आईपीओमा लगानीकर्ताको ओइरो लागेको हो । पहिलो दिन नै मागभन्दा धेरै आवेदन परेको संस्थाको आईपीओमा आइतबार दिउँसो ४स्१५ बजेसम्ममा १७ लाख ३३ हजार ९ सय ७० जना आवेदकलेले २ करोड १४ लाख ८९ हजार ९ सय कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन सक्नेछन् ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओ को कित्ता एकदमै न्यून भएकाले १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया