आजबाट हट्यो उपत्यकाको सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली

४ बर्ष अगाडि

काठमाडौं - कोरोना सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । 

आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर९बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

अघि राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । 

कोभिड-१९ को सङ्क्रमण बढेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्दै काठमाडौं उपत्यकामा जोर९बिजोर प्रणाली लागू गरिएको थियो ।

पछिल्लो पटक १४ फागुनदेखि निजी सवारी साधनमा जोर९बिजोर प्रणाली लागू गरिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया