उच्च सुशासनयुक्त एउटै कार्यालय पनि भेटिएन

७ बर्ष अगाडि

काठमाडौं। अधिकांश सरकारी कार्यालयको सुशासनको अवस्था अत्यधिक कमजोर पाइएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको ४ हजार ५ सय सरकारी कार्यालयको लेखापरीक्षणमा एउटै कार्यालय पनि उच्च सुशासनयुक्त नदेखिएपछि महालेखा परीक्षक कार्यालय नै आश्चर्यमा परेको छ ।
महालेखाको यस्तो प्रतिवेदनले सरकारको भ्रष्टाचारको शून्य सहनशीलताको नारालाई समेत व्यंग्य गरेको छ । महालेखा परीक्षक कार्यालयले देशभरका सरकारी कार्यालयको गत आर्थिक वर्ष २०७४÷७५ को लेखा परीक्षण गरिरहेको छ । ६ हजार कार्यालयको लेखा परीक्षण गर्ने कार्ययोजना बनाएको महालेखा परीक्षक कार्यालयले हालसम्म ४ हजार ५ सय सरकारी कार्यालयको लेखा परीक्षण सम्पन्न गरेको छ ।

४ हजार ५ सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा उच्च सुशासनयुक्त कार्यालय एउटै पनि फेला पर्न नसकेको महालेखा परीक्षक टंकमणि शर्माले जानकारी दिए ।राजधानी दैनिकमा खबर छापिएको छ।  

७ बर्ष अगाडि

प्रतिक्रिया