काठमाडौं - गायक प्रमोद खरेलले र ‘द भ्वाइस किड्स’को फाइनलिस्ट रुक्सना लिम्बुको आवाजमा ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक भएको छ ।
गीतको भिडियोमा प्रमोद र रुक्सना लिम्बुको नै अभिनय रहेकोछ । महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।
मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया