काठमाडौं - फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय खोल्न पाइने भएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रूपमा पठनपाठन गर्न सकिने निर्णय गरेको हो ।
यसअघि आइतबार दिउँसो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले १ फागुनबाट विद्यालय खोल्न र जोर(बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।
यस्तै कोरोना सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर(बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
आज राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । कोभिड-१९ को सङ्क्रमण बढेपछि स्वास्थ्य मापदण्डमा कडाइ गर्दै काठमाडौं उपत्यकामा जोर(बिजोर प्रणाली लागू गरिएको थियो ।
पछिल्लो पटक १४ फागुनदेखि निजी सवारी साधनमा जोर(बिजोर प्रणाली लागू गरिएको थियो। आजदेखि त्यसलाई पनि हटाइएको हो ।
प्रतिक्रिया