१३८६ मा कोरोना पुष्टि हुँदा ८७०४ संक्रमणमुक्त, देशभर सक्रिय संक्रमित ४५ हजार २४८

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका छन् । यस्तै सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २ सय ४८ सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया