टेस्लाको आयात कर छुटको मागलाई भारत सरकारद्धारा अस्वीकार, प्रवेश योजनामा धक्का

३ बर्ष अगाडि

एजेन्सी - भारत सरकारले टेस्लाको आयात कर छुटको मागलाई अस्वीकार गरेको छ । यो सँगै टेस्लाको भारत प्रवेशको योजनामा धक्का लागेको छ ।

भारत सरकारले इलेक्ट्रिक कार उत्पादनका लागि पहिलेदेखि नै नीतिगत व्यवस्था रहेको भन्दै टेस्लाको माग अस्वीकार गरेको होे । यस नीतिअन्तर्गत अटो कम्पनीहरुले आंशिक रूपमा निर्मित सवारीसाधन भारतमा आयात गर्न र कम आयात शुल्कमा यहाँ एसेम्बल गर्न पाउनेछन् ।

टेस्ला कम्पनीका मालिक एलन मस्कलाई ट्विटरमा एक प्रयोगकर्तालाई टेस्ला भारतमा कहिले लन्च हुने भनेर सोधेका थिए । जसको जबाफमा एलन मस्कले आयात करको निर्णय गरेपछि मात्र टेस्ला भारत प्रवेश गर्ने बताएका थिए । 

अर्कोतर्फ भारतको केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले पहिले नै स्पष्ट गरिसकेका छन् कि यदि टेस्लाले कर छुट चाहन्छ भने उसले पहिले भारतमा टेस्लाको उत्पादन कारखानाहरु स्थापना गर्नुपर्नेछ ।

टेस्लाको मोडल ३ को मूल्य अमेरिकामा ३९ हजार ९९० डलर छ । तर, भारतमा भने आयात शुल्कसहित ६० लाख रुपैयाँसम्म लाग्नेछ । जुन अति धेरै हो ।

हाल भारतमा ३० लाखभन्दा बढी मूल्यको कार आयात गर्दा बीमा, ढुवानी लागतलगायत सतप्रतिशत कर लाग्ने गरेको छ । त्यस्तै ३० लाखभन्दा कम मूल्यका गाडी आयात गर्दा ६० प्रतिशतसम्म आयात महसुल तिर्नुपर्नेछ ।

टेस्लाले आफ्नो कार्यालय पनवेल मुम्बईमा दर्ता गरेको छ । कम्पनीले आफ्नो मोडल ३ इलेक्ट्रिक कार भारतमा लन्च गर्ने योजना बनाएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया