काठमाडौं - प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
आइतवार थप ८ जना मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको छ । जसमा १३ जना मन्त्री र एक राज्यमन्त्री छन् ।
मन्त्रिपरिषदमा आइतवार नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुईजना थप भएका छन् ।
राई नेतृत्वको मन्त्रिपरिषदमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री छन् । उनी यस अघिदेखि नै मन्त्री थिए ।
हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकास मन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानून मन्त्री भएका छन्। उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए ।स्वास्थ्य मन्त्रीमा जयराम यादव, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई नियुक्त भएका छन् ।
यस्तै, राजन राई सामाजिक विकास मन्त्री, खिनुलङवा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री भएकी छन् । झलकबहादुर मगर कृषि मन्त्री भए भने शेखरचन्द्र थापा वन वातावरण तथा भू संरक्षण मन्त्री भएका छन् ।
यस्तै ओमप्रकाश सरावागी उद्योग, श्रम तथा रोजगार मन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका हुन् ।
यस्तै उपेन्द्रप्रसाद घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्री र विष्णु तुम्बाहाम्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया