नेपाल इन्भेष्टमेन्टले सञ्चालनमा ल्याया निक्षेप रकम २० वर्षमा ६ गुणा हुने नयाँ मुद्दति खाता

४ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६औँ वार्षिकोत्सवका अवसरमा ‘एनआईबीएल गज्जब ६ मुद्दति खाता’ सञ्चालनमा ल्याएको छ । 

भविष्यमा ग्राहकलाई आइपर्ने आर्थिक भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि उक्त योजना सञ्चादनमा ल्यको बैंकले जनाएको छ । 

यस मुद्दति खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुनेछ । यस्तै मुद्दति खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने बैंकले जनाएको छ ।

उक्त मुद्दति खाता न्यूनतम रु. १० हजारमा खोल्न सकिनेछ भने  क्रेडिट कार्ड निःशुल्क प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।

साथै सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया